punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुतिरहेका मजदुरमाथि भारतमा रेल चल्यो, १६ को मृत्यु

Chaupati
safha napa

भरतको महाराष्ट्रको औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।भारतका रेलमन्त्री पियुष गोयलका अनुसार, आफ्नो घर हिँडेका मजदुरहरु राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् ।औरंगाबादका एसपी मोक्षदा पाटिलका अनुसार, सबै मजदुरहरु औरंगाबाद नजिकै रहेको जालनाको उक स्टिल कारखानामा काम गर्थे । उनीहरू भुसावल भन्ने स्थानतर्फ गइरहेका थिए । उनीहरुलाई औरंगाबादबाट रेल पाइन्छ भनेर सुनाइएको थियो । रात परेपछि उनीहरु रेलको लिगमा नै सुतेका थिए । रेल आउँदा उनीहरु सुतिरहेको कारण उनीहरुले भाग्ने मौका पाएनन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । त्यसैले विभिन्न राज्यमा गएर काम गर्ने मजदुरहरु लामो बाटो हिँडेरै घर फर्किने गरेका छन् ।

रेलमन्त्री गोयलका अनुसार, चालकले मजदुरहरु लिगमा सुतिरहेको देखेपछि रेल रोक्ने प्रयास गरेका थिए । तर, उनले मजदुरहरुलाई बचाउन भने सकेनन् । मृत्यु हुने सबै मध्य प्रदेशका नागरिक रहेको बताइएको छ ।


२६ वैशाख २०७७, शुक्रवार ०७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु