सुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षण शुस्त, कोरोनाको जोखिम बढ्दै

धनगढी ,बैशाख २६ । धनगढीमा राखिएका प्रयोगशालामा कोभिड १९ परीक्षण सुस्त हुँदा जोखिम बढ्दै गएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशाला नयाँ प्रयोगशाला स्थापना गरिएसँगै एक महीनादेखि बन्द छ । सुदूरपश्चिम प्रदेशमा धनगढी पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको मेसिन दैनिक २ सय ७० जनाको परीक्षण गर्नसक्ने क्षमता भए पनि थ्रोट स्वाब संकलन हुन नसक्दा मंगलबार प्रदेशमा कुनै पनि परिक्षण हुन नसकेको जनाएको छ ।पशु अन्वेषण प्रयोगशाला धनगढीका परीक्षण भएको प्रयोगशाला इन्चार्ज रमेश शाहीका अनुसार एक हप्तामा ९७ जनाको परिक्षण मात्रै भएको बताए । उनका अनुसाार अहिले दैनिक सरदर २० जनाको मात्रै परीक्षण भईरहेको छ ।सुदूरपश्चिम प्रदेश कोरोना भाइरस संक्रमणको उच्च जोखिममा भएपनि नमूना संकलनसँगै परीक्षण सुस्त गतिमा हुन थालेको प्रयोगशालाले जनाएको छ ।

स्वास्थ्य निर्देशक डक्टर गुणराज अवस्थीका अनुसार मापदण्डको आधारमा नमूना संकलन गरिएकोले परीक्षण केही कमी देखिएको हो । संघीय सरकारले कोरोना भाइरसको लक्षण भएका व्यक्ति, पछिल्लो १४ दिनभित्र बिदेशबाट आएका व्यक्ति, कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्ति र कोरोनाको लक्षण भएका स्वास्थ्यकर्मीको मात्रै स्वाब संकलन गर्न बनाएको मापदण्ड अनुसार नै थ्रोट स्वाब संकलन गरिरहेको बताए ।

सुदूरपश्चिममा पाँच जना संक्रमित भेटिएकोमा चारजना निको भएर घर फर्किसकेका छन् । बाँकी एकजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । त्यस्तै सुदूरपश्चिममा अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको पुनः परीक्षण नहुँदा जोखिम बढेको छ । संक्रमितहरुको लगातार दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि एक हप्ता सम्म होम क्वारेन्टाईनमा वस्नुपर्ने र ७ देखि १० दिनको विचमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड भएपनि सुदूरपश्चिममा पुन परीक्षणका लागि वेवास्ता गरिएको हो । सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले एक जनाको पुन परिक्षण भएको र बाँकी तीन जनाको पनि पुनः परीक्षण गर्ने तयारी भईरहेको दावी गरेका छन् ।

परीक्षण कार्य प्रभावित भएपछि कोरोनाको आंशकामा आइसोलेसन र क्वारेन्टाइनमा राखिएकाहरू अप्ठ्यारोमा परेका छन् । सबै क्वारेन्टाइनमा बसेकै ब्यक्तीको स्वाव परिक्षण नहुँदा प्रदेशमा कोरोनाको जोखिम हटेको छैन ।


२६ वैशाख २०७७, शुक्रवार ०१:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु