माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए।
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिवार साँझ करेन्ट लागेर उनको निधन भएको हो।
१ फागुन २०७८, आइतवार ०८:४७ बजे प्रकाशित































