punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोस्रो खेलमा नेपाल यूएईसँग पराजित

Chaupati
safha napa

ओमानमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । शनिबार ओमानको अल अमिरेट्स मैदानमा भएको खेलमा १९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५ विकेटमा १६७ रनमात्र बनाउन सक्यो । नेपाल २५ रनले पराजित भएको हो ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेपछि पहिला बलिङको निर्णय लिएका थिए । तर, यूएईले ४ विकेटमा १९२ रन बनाउँदै नेपाल सामु विशाल लक्ष्य राखेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए भने पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका लोकेश बमले २१ बलमा ३३ रनको आकर्षक इनिंग्स खेले । ओपनर आसिफ शेखले ३४ रन बनाए । यसबाहेक नेपालका अन्य ब्याटरले राम्रो स्कोर बनाउन सकेनन् ।

नेपालले पहिलो खेलमा घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो । अब नेपालले आयरल्याण्डसँग खेल्नेछ ।


२९ माघ २०७८, शनिवार १६:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु