punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ११२७ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

Chaupati
safha napa

देशभर पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै २२१५ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७२ हजार १४१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ९७३ जनामा पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित २७ हजार ४४१ जना रहेका छन् ।


२८ माघ २०७८, शुक्रवार १६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु