लकडाउनका बेला सवारी दुर्घटनामा परि चार जनाको ज्यान गयो

धनगढी,बैशाख २५ । सुदूरपश्चिम प्रदेशमा लक डाउनको समयमा समेत सवारी दुर्घटना रोकिन सकेको छैन । लक डाउनको समय मै सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा चार जनाको ज्यान गएको छ । चैत्र ११ गते देखि जारी लक डाउनमा हाल सम्म ७ सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गएको हो ।दुर्घटनाको कारण त्रिव गति र लापरवाही रहेको पाइएको छ ।

हाल सम्म लक डाउन उल्लघन गर्ने ३ हजार बढी सवारी साधन कारवाहीबाट १ लाख ४३ हजार राजश्व संकलन भएको छ । चैत्र ११ गते देखी देश लक डाउनको अवस्थामा छ । यातायात सेवा,बजार,कलकारखाना,शैक्षिक संस्था सबै ठप्प छन । यतीबेला देशभरका सडकहरु सुनसानको अवस्थामा छन । यद्यपी पास लिएका अत्यावश्यक सवारी साधान भने सडकमा गुडिरहेका छन । तर लक डाउनको समयमा पनि सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना रोकिन सकेको छैन । लक डाउनको समयमा भएका ७ सवारी दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

सवारी दुर्घटनामाबाट ज्यान गुमाउने चार जना कैलाली र कञ्चनपुरका हुन । तिव्र गति र लापरवाही साथ सवारी हाक्दा उनीहरुको ज्यान गएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । लक डाउनलाई नागरिकहरुले अन्य बेलाको जस्तै बन्दको रुपमा लिएका कारण समस्या भइरहेको छ । जसले गर्दा कोरोनाको समेत जोखिम बढ्दै गइरहेको छ । भने लक डाउन उल्लघन गर्ने ३ हजारको हाराहारीमा सवारी नियन्त्रणमा लिइ कारवाही गरीएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । लक डाउन उल्लघन गर्ने सवारी साधनबाट १ लाख ४३ हजार राजश्व संकलन भएको उनले बताए ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नागरिकहरुलाई बचाउन सरकारले देशनै लक डाउन गरेको स्पस्ट पार्दै उनले नागरिकहरुले लक डाउनलाई बुझन जरुरी रहेको बताए । कोरोनाको जोखिमबाट बच्न लक डाउनको समेत पूर्ण पालना गर्न उनले आग्रह गरे । लक डाउनको समयमा अत्यावश्यक सेवाका लागी जारी गरिएका पासको दुरुपयोगका कारण पनि सवारी दुर्घटना भइरहेका छन। यसका अलवा स्थानिय तहहरुले अनावश्यक रुपमा जारी गर्ने पासले त झन कोरोना भाइरस र दुर्घटनाको जोखिम बढाएको छ ।


२५ वैशाख २०७७, बिहीवार ०४:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु