punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्मला हत्या प्रकरण : भारतीय नागरिकको डिएनए मिलेन

Chaupati
safha napa

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिक अलि हसनको डिएनए भेजाइनल स्वाबसँग मिलेको छैन।

मंसिर २५ गते पक्राउ परेका उनी यसअगि नै एक हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।हसनको डिएनए स्याम्पल केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा परिक्षण गरिएको थियो।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।


२४ माघ २०७८, सोमवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु