सुनको भाउमा वृद्धि

नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ।

चाँदीको भाउ पनि आइतबारको तुलनामा तोलाको ५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।

 


२४ माघ २०७८, सोमवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु