नेपालमा थप १७ जनामा कोरोना पुष्टि
काठमाडौं,बैशाख २४ । पर्सामा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङका क्रममा बुधबार यो जानकारी दिएको हो। कोरोना भाइरस संक्रमित २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन्।
बुधबार संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष छन्।योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना निको भएर घर फर्किसकेका छन्।
२४ वैशाख २०७७, बुधवार ११:०४ बजे प्रकाशित













