punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालनका लागि तयारी

Chaupati
safha napa

धनगढी,बैशाख २४। सुदूरपश्चिम प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालनका लागि तयारी थालिएको छ। कोरोना भाइरसका कारण प्रभावित भएको प्रदेश सभा बैठकलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने तयारी गरिएको हो।

प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालन गर्न पूर्वतयारी अघि बढाएको प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए। उनले सुदूरपश्चिम प्रदेशको बजेट ल्याउनुपूर्व प्रदेश सभामा छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर बैठक सञ्चालन गर्ने तयारी भएको बताए।

प्रदेश सभा बैठक सञ्चालनका गर्नुअघि प्रदेश सभा सदस्यहरूको स्वास्थ्य जाँच, सवारीसाधनमा डिसइन्फेक्टेन्ट छर्किने, प्रदेश सभा हलबाहिर स्यानिटाइजरको व्यवस्थापन गर्ने, बैठकमा बोल्ने प्रदेश सभा सदस्यले अनिवार्य मास्कको प्रयोग गरी बोल्नुपर्ने, प्रदेश सभा हलमा थप टेबुलको व्यवस्थापन गर्ने विषयमा आज मुख्यमन्त्री त्रिलोचन भट्टसँग छलफल भएको उनले बताए।

सभामुख थापाले जेठ पहिलो हप्ताभित्रै सामाजिक दूरी कायम गर्ने गरी प्रदेश सभाको छैटौँ तथा बजेट अधिवेशन बोलाइने तयारी गरिएको जानकारी दिए।

प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालनका लागि आज मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश सभा बैठक कक्षको स्थलगत अनुगमन गरेका छन्।


२४ वैशाख २०७७, बुधवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु