punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्टद्धारा स्थानीय तहका प्रमुखसँग छलफल

Chaupati
safha napa

धनगढी ,बैशाख २३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय तहका प्रमुखसँग भिडियो कन्फरेन्सवाट छलफल चलाएका छन् । सुदूरपश्चिम प्रदेशकाे पछिल्लो अवस्थावारे जानकारी लिन चलाइएको छलफलको क्रममा आज डोटी र डडेल्धुराका स्थानीय तहका मेयर तथा अध्यक्षहरुसँग भिडियो वार्ता गरेका हुन् ।

छलफलमा मुख्यमन्त्री भट्टले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पछिल्लो अवस्था, लकडाउनवाट उत्पन्न समस्या, रहात वितरण तथा आगामी आर्थिक वर्षको वजेटमा आवश्यक सुझाव लिएका थिए ।

मुख्यमन्त्रीका स्वकीय प्रमुख सचिव सिं ओलीले दिएको जानकारी एक दिनमा दुई जिल्लाका स्थानीय तह प्रमुखसँग छलफल गर्ने तय भएअनुसार बाँकी स्थानीय तहसँग अर्को पटक छलफल चलाइनेछ ।प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुखसँग यसरी नै छलफल गरिने उनको भनाई छ ।


२३ वैशाख २०७७, मंगलवार १०:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु