punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा जेसीभी लगाएर वन क्षेत्रमा खनिएको सडक निर्माणमा रोक

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्र ताराकोटमा विपश्यना ध्यान केन्द्रका लागि शुरू गर्न लागिएको बाटो निर्माण रोकिएको छ। जिल्ला वन डिभिजन कार्यालय कञ्चनपुरले स्थानीयको दबाबपछि बाटो निर्माण रोकेको हो।

ध्यान केन्द्र बनाउन ताराकोटमा जेसीभी लगाएर बाटो निर्माण शुरू गरिएको थियो। स्थानीयका अनुसार ताराकोटसम्म ४०० मिटर बाटो निर्माण गरिएको छ। जिल्ला वन डिभिजन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले जेसीभी लगाएर बाटो निर्माण गरिएको जानकारी आएपछि रोकिएको बताए ।

‘कार्य योजनाविपरीत कार्य गरिएको पायौं,’ उनले भने, ‘अवैधरूपमा वन क्षेत्रमा गतिविधि गर्न नपाइने भएकाले बाटो निर्माणको कार्य रोकिएको छ ।’ १५ हेक्टरको वन दर्ता गरिएपछि अहिले त्यस क्षेत्रमा ध्यान केन्द्र बनाउन थालिएको छ।

स्थानीयले ध्यान केन्द्रका नाममा ताराकोटमा होटल रेस्टुराँ बनाउने नियत राखेर काम अघि बढाएको आशंका गरेका छन् । झिलमिला ताल नजिकको ताराकोट क्षेत्रबाट केही वर्षअघि मात्रै गोठ हटाइएका थिए।

त्यसपछि त्यस क्षेत्रमा चुरे संरक्षण सञ्जाल र वन कार्यालयले वृक्षरोपण गरेका थिए। ताराकोटमा ध्यान केन्द्र बनाउन थालिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे लगायतले वन कर्मचारीसहित ताराकोट क्षेत्र निरीक्षण समेत गरेका छन्।

वन कार्यालयले बाटो निर्माण बन्द गरेकाले तत्काल प्रशासनले केही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। ‘वनले केही गर्ला, नगरे हामी गरौंला। उता प्रक्रिया चलेका बेला केही गर्नुपर्ने भएन,’ उनले भने ।

ब्रह्मदेव सबडिभिजन कार्यालयका प्रमुख प्रकाश जोशीले वन कार्यालयको अनुमति विना बाटो खनिएको बताए। सबडिभिजन कार्यालयले प्रतिवेदन तयार गरी वन कार्यालयमा पेश गरी कारवाही प्रक्रिया अघि बढाएको उनले बताए।

 


२० माघ २०७८, बिहीवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु