punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा आज देखि बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा दिइने

Chaupati
safha napa

दार्चुलाका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ। बाह्रवर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो। गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए।

सबै स्थानीय तहमा खोप पठाइएको छ।गत महिना १४ हजार भन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो। स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान आज देखि २३ गते सम्म संञ्चालन गर्ने बताइएको छ।

प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ। खोप लगाउन २० हजार डोजको व्यवस्था गरिएको सुचना अधिकारी कार्कीले बताए।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार हाल सम्म सबै भन्दा बढि महाकाली नगरपालिकामा ३ हजार २७० जना विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा दिइएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए।

यस्तै सबै भन्दाकम लेकम गाउँपालिकामा ५८७ जना विद्यार्थीलाई मोडर्ना खोप लगाइएको कार्यालयले जनाएको छ।जिल्लाको शैल्यशिखर नगरपालिकामा ३ हजार २ सय १० जनाविद्यार्थीलाई खोप लगाइएको छ।

नौगाड गाउँपालिकामा २ हजार ५सय २० जना ,दुहुँ गाउँपालिकामा १ हजार २० जना, व्यासँ गाउँपालिकामा ९२८जना ,मार्मा गाउँपालिकामा ८६० जना, अपि हिमाल गाउँपालिकामा ८०५ जना, मालिकार्जुन गाउँपालिकामा १ हजार ३ सय ३७ जनागरी १४ हजार ५सय ३७ जना विदार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

यि बालबालिकाहरुलाई आज देखि दोस्रो मात्रा लगाइने तथा छुट भएका बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाइ पनि खोप लगाइने कार्यालयले जनाएको छ। मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ।

 


२० माघ २०७८, बिहीवार ०९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु