punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम खप्तड गोल्डकप फागुनमा

Chaupati
safha napa

सर्वाधिक धनराशीको ‘मुख्यमन्त्री पाँचौं अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप–२०७८’ फागुनमा हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर गोल्डकप आउँदो फागुन १९ देखि २८ गतेसम्म हुने मिति सार्वजनिक गरेको हो ।

प्रतियोगितामा पाँच ए डिभिजन, दुई मोफसल, दुई विदेशी र एक आयोजक गरेर १० टिमको सहभागिता रहने क्लवका महासचिव प्रकाश शाहीले बताए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले २१ लाख र उपविजेता टिमले १० लाख (कर कट्टा गरेर) प्राप्त गर्ने छन् ।

प्रतियोगितमा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र कोचलाई २० हजारका दरले पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगीताको अनुमानित लागत एक करोड ५० लाख भन्दा बढी हुने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले आफू जिल्ला खेलकुदको अध्यक्ष रहँदादेखि नै क्लब मार्फत खेलकुद प्रतियोगिता आयोजना गर्नमा लागिपरेको बताए । सिङ्गो खेलकुद जगत र क्लबलाई जोगाउन लागि अहिले पाँचौँ संस्करणमा प्रवेश गरेको प्रतियोगितालाई निरन्तरता दिन सबैलाई हातेमालो गर्न आग्रह गरे ।

प्रयोजक र सह–प्रयोजकसहित विभिन्न उद्योग, व्यवसायीहरुको सहयोगबाट चार संस्करण पूरा गरेको सो प्रतियोगितामा यसवर्ष प्रदेश सरकारकै सहयोग रहेका कारण केही राहत भएको क्लबका अध्यक्ष सुरेश हमालले बताए ।

‘नेपाल आइस मुख्य प्रयोजक बनाइ हामीले पहिलो र दोस्रो संस्करण सफल बनायौं,’ अध्यक्ष हमालले भने, ‘तेस्रो र चौथोमा पनि उद्योगी व्यवसायीकै सहयोगले सफल भयो । कोरोना महामारीका कारण जारी निषेधाज्ञाले एक वर्ष प्रतियोगितालाई अघि बढाउन सकेनौं ।’ यस्तै धनगढी उपमहानगरपालिकाले पनि सहयोग गर्ने आश्वासन दिइसकेको उनले बताए ।

पाँचौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा अनुमानित दैनिक पाँच हजार दर्शकले खेल अवलोकन गर्ने र अप्रत्यक्ष रूपमा ५० लाख बढी दर्शकहरूले खेलकुदबारे जानकारी पाउने आयोजकको दाबी छ ।


१९ माघ २०७८, बुधवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु