punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्‍यु, ३ हजार बढी संक्रमित थपिए

Chaupati
safha napa

कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।


१९ माघ २०७८, बुधवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु