punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Chaupati
safha napa

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

अब काठमाडौ‌ं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२५ कायम भएको छ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको छ।

यो सँगै हवाइ इन्धन आन्तरिक प्रतिलिटर ११६ तथा अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर १०९५  अमेरिकी डलर कायम गरिइएको छ।

 


१९ माघ २०७८, बुधवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु