धनगढीबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार
धनगढी ,बैशाख २२ । धनगढीबाट सुत्केरी महिलाको उद्धार गरी काठमाण्डौं पठाईएको छ । बझाङको केदारस्यु गाउँपालिकाकी ३३ वर्षिया जानकी देवी रावलको उद्धार गरी केहीबेर अघि हेलिकोप्टर मार्फत काठमाण्डौं पठाईएको हो ।
बझाङमा ११ दिन अघि छोरी जन्माएकी उनलाई पेट सुन्निएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो। डडेल्धुरा अस्पतालले सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो । उनको सेती अस्पतालमा पनि उपचार सम्भव नभएपछि सिम्रीक एयरलाईन्सको हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौं पठाईएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।
उनले सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको पहलमा सामाजिक विकास मन्त्रालयले प्रदेशमा एयर लिफ्टीङ कार्यक्रम अन्तरगत उद्धार गरिएको जानकारी दिए ।
२२ वैशाख २०७७, सोमवार ११:३९ बजे प्रकाशित













