punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ५,५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७३ हजार १७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८४ जना कोरोना संक्रमित थपिएका छन् ।


१८ माघ २०७८, मंगलवार १७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु