punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना प्रभावितलाई मुक्त हलिया समाजको राहत

Chaupati
safha napa

कञ्चनपुरका कोरोना प्रभावित विपन्न परिवारलाई राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले राहत वितरण गर्दै आएको छ। महासंघले आइतवार कृष्णपुर नगरपालिकाका ३५ र शुक्लाफाँटा नगरपालिकाका ३५ गरी ७० परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरेको हो।

मन्सुली चामल २५ किलो, मासको दाल पाँच किलो, आयोडिन नुन तीन किलो, सोयाबिन तीन किलो, चिनी तीन किलो, खाने तेल पाँच लिटर र अण्डा एक क्यारेट वितरण गरिएको महासंघका अध्यक्ष ईश्वर सुनारले जानकारी दिए। एक जनालाई पाँच हजार ८५ रुपैयाँ बरावरको राहत वितरण गरिएको उनको भनाइ छ।

राहतका लागि सम्बन्धित स्थानीय तहसँग कोरोना संक्रमण भएका परिवारको तथ्यांक मागरे सोही आधारमा राहत वितरण गर्दै आएको सुनारले बताए। तत्काल दुई नगरपालिकाका कोरोना संक्रमितलाई राहत सामग्री वितरण गरिएको उल्लेख गर्दै अन्य स्थानीय तहमा पनि वितरण गर्ने योजना रहेको उनले बताए । कोरोनाबाट प्रभावित भएका निरज चौधरीले कोभिडको संक्रमण भएपछि पोषिलो खानेकुरा जुटाउन आर्थिक अवस्थाले अप्ठ्यारो परेका बेला राहत सामग्री पाउँदा खुसी भएको बताए।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले कोरोना प्रभावित अति विपन्न परिवारलाई महासंघले राहत सामग्री उपलब्ध गराएर राम्रो काम गरेको बताए।महासंघले एलडब्लुएफ नेपाल र एक्ट एलान्सको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरेको हो।


१७ माघ २०७८, सोमवार ०९:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु