punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लिटल फ्लावर प्रिमियर लिग क्रिकेट फागुन २ गतेदेखि हुने

Chaupati
safha napa

कैलालीको धनगढीमा आयोजना हुने विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको छैठौं संस्करण आगामी फागुन २ गतेदेखि हुने भएको छ । फागुन २ गतेदेखि १४ गते सम्म सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा प्रतियोगिता आयोजना हुनेछ ।

कोभिड– १९ को जोखिमलाई मध्यनजर गरी ८ दिन प्रतियोगितालाई पछि सारिएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले जनाएको छ ।

‘जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको मापदण्डको पालना गर्ने गरी प्रतियोगिता सञ्चालन हुने छ,’ आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले भने, ‘हामीले अहिले प्रतियोगिताको तीव्र तयारीमा लागेका छौं ।’

प्रतियोगितामा यस वर्ष काठमाडौँ बाट १, कञ्चनपुर बाट १ तथा कैलाली जिल्लाका धनगढी लगायत विभिन्न सहरहरूबाट ८ टिम गरी कुल १० विद्यालय टिम सहभागी हुने शाहीले जानकारी दिए ।

प्रत्येक विद्यालयले ४ जना १९ वर्ष मुनिका खेलाडीहरू टिममा समावेश गर्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगिताकाृ उपाधि विजेताले १ लाख ५० हजार , उप विजेताले ७५ हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र उदयमान खेलाडीले १०÷१० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई २ हजार दिने बताइएको छ । यस वर्षदेखि गेम चेन्डर अवार्ड पनि प्रदान गरिनेछ । गेम चेन्डरलाई १ हजार र धेरै छक्का प्रहार गर्नेछन् प्रतिखेल ५ सय दिने अध्यक्ष शाहीले जानकारी दिए ।


१७ माघ २०७८, सोमवार ०९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु