punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली बहुमुखी क्याम्पसले ल्यायो सुदूरपश्चिममै उत्कृष्ट नतिजा

Chaupati
safha napa

कैलाली बहुमुखी क्याम्पसले व्यवस्थापन संकाय (बिबिएस) बाट सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट नतिजा लयाएको जनाएको छ। केही दिन अघि त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको बिबिएस तेस्रो वर्षको नतिजामा क्याम्पसले राम्रो नतिजा ल्याएको जनाएको हो।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको नतिजा अनुसार कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी प्रदीप जोशीले ७८ दशमलव ८० प्रतिशत ल्याएर देशभरमै पाँचौ स्थान हासिल गरेका छन्।

यस्तै नीरज दाहालले ७७ ८० प्रतिशत, चन्द्र बोगटी र महेश रिजाल समान ७४ ६० प्रतिशत र छत्र भण्डारी ७३ २० प्रतिशत नतिजा ल्याउन सफल भएको क्याम्पसका व्यवस्थापन संकायका विभागीय प्रमुख दिनेश पौडेलले जानकारी दिए।

पौडेलले फाइनान्स विषयमा ९३ अङ्क ल्याउन सफल तथा देशभरमै पाँचौ स्थान हासिल गर्न सफल विद्यार्थी प्रदीप जोशीलाई एक हजार रुपैँया पुरस्कार स्वरूप प्रदान गरेका छन्।

यस्तै, उत्कृष्ट ४ मा दिनेश भट्ट, पूरन साउँद, स्वस्तिक जयरु र अर्जुन देव भट्ट परेका छन्। जम्मा ९ जनाले ७० प्रतिशत भन्दा माथि नतिजा ल्याएका छन्।


१६ माघ २०७८, आइतवार १८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु