punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

७५ हजार भेडा-बाख्रालाई पिपिआरविरुद्धको खोप

Chaupati
safha napa

बैतडीमा भेडा-बाख्रालाई पिपिआरविरुद्धको खोप अभियान सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा अभियान सञ्चालन भएको हो।

शिवनाथ गाउँपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा पिपिआरविरुद्धको खोप लगाउने कार्य भइहरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। प्रदेश सरकारको कार्यक्रम अन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो।

‘नौ स्थानीय तहमा भ्याक्सिन पठाएर प्राविधिकहरुले खोप लगाइरहेका छन्‚’ उनले भने‚ ‘शिवनाथमा पशु प्राविधिक नहुँदा ढिला भएको छ। अर्को ठाउँबाट प्राविधिक खटाएर अभियान सुरु गर्छौं।’

राजमार्ग नजिकका ठाउँ, व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने कार्य भइरहेको हो। जिल्लाभरि ७५ हजारवटा भेडा-बाख्रालाई पिपिआरविरुद्धको खोप लगाउने लक्ष्य रहेको र प्रत्येक स्थानीय तहमा ७ हजार डोज खोप पठाइएको केन्द्रका प्रमुख पन्तले बताए।

गत वर्ष खोप लगाएका भेडा-बाख्राहरुमा यो खोप नदिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको छ। बाख्रामा पिपिआर रोग लागेमा ठूलो नोक्सानी हुने भएकाले त्यो रोगबाट बचाउनका लागि खोप अभियान सञ्चालन भइरहेको हो। जिल्लामा करिब १ लाख ३५ हजार भेडा-बाख्रा रहेका अनुमान छ।

भेडा-बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्‍याल सिगान बगाउने, उच्च ज्वरो आउने लगायतका लक्षण देखा पर्ने र अन्त्यमा मर्ने गर्दछन्। यो रोगबाट किसानहरुलाई क्षति नहोस भनेर पिपिआर खोप लगाउने कार्य सञ्चालन भएको बताइएको छ।


१६ माघ २०७८, आइतवार १३:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु