कपाल फुल्ने वैज्ञानिक कारण यस्तो छन् हेर्नुहोस् ?
उमेरको वृद्धिसंगै मानव शरीरमा अनेकौ फरकपन आउने गर्छ। त्यसमा पनि कपाल सेतो हुनु पनि एक प्रमुख कारण मान्न सकिन्छ । कसैको वंशाणुगत असर बाट यस्तो समस्या आउने गर्छ भने कसैको विभिन्न असरको कारणले कपाल सेतो हुने गर्छ । आज हामीहरु केही वैज्ञानिक कारणले कपाल सेतो हुन्छ भन्ने टिप्स दिन्छौ । ति यहाँ तल छन् ।
१. औषधिको साइडइफेक्ट – डिप्रेसन, मलेरियाका औषधि तथा केही एन्टिबायोटिक लामो समयसम्म लिइरहने मानिसमा औषधिको साइडइफेक्टका कारण कपाल चाँडै फुल्न सक्छ ।
२. वंशाणुगत असर – यदि बाबुआमा या परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा सेतो भएको छ भने छोराछोरीको कपाल पनि सानै उमेरमा सेतो हुन सक्छ ।
३. रसायनको असर – शेम्पु, कन्डिसनर, ब्लीच र अन्य हेयर प्रोडक्टमा पाइने रसायनका कारण कपाल फुल्न सक्छ
४. उमेरको असर – उमेरको वृद्धिसंगै कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदैं जान्छ । यहीकारण वृद्ध उमेरमा कपाल सेतो हुन्छ ।
५. रोगको कारण – सानै उमेरमा एक्जिमा, एनिमिया, थाइराइड, एड्स,डिप्रेसन र स्ट्रेसजस्ता समस्या भएको अवस्थामा कपाल चाँडै फुल्न थाल्छ ।
६. पोषक तत्वको कमी – शरीरमा प्रोटीन, आइरन, भिटामिन बी १२, जिंकजस्ता पोषकतत्वको कमी भएको छ भने कालो बनाने मेलानिन तत्व कम बन्छ र कपाल सेतो हुन्छ ।
१५ माघ २०७८, शनिवार १५:५२ बजे प्रकाशित































