पानी पिउने तरिका नजान्दा हुनसक्छन् यस्ता समस्या, कसरी पिउने ?
काठमाडौँ । पानी मावन जीवनका लागि अति आवश्यक हो । तर पानी पिउन जानेन भने पनि कैयौं समस्या उत्पन्न हुन्छ ।
आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ ।
निम्न अवस्थामा पानी पिउनु हुँदैन
– कतै बाहिरबाट हिँडेर आउनासाथ
– कुनै काम गर्दा धेरै थाकेको बेला
– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
– ओच्छ्यानमा पल्टिएको बेला
– दिसा वा पिसाब गरेर आउनासाथ
– दूध खाइरहेको बेलामा
– चिया खादैँ गरेको बेलामा
– चना खाइरहेको बेलामा
– कुनै पनि भोजन गरिरहेको बेला
– भोजन गरी सक्ने बित्तिकै
– व्रत सकिना साथ एकै पटक धेरै पानी नपिउने
– पानी अग्ला गरेर नपिउने
कसरी पिउने पानी ?
–बसेर खाना आए जसरी नै बसेरै पानी पिउने ।
– मनतातो पानी खानु उपयुक्त
–भोजन गर्नु भन्दौ कम्तीमा आधा घण्टा अघि र आधा घण्टा पछि पानी पिउने
– यो बिर्सनु हुन्न कि तपाईंको शरीर ५० प्रतिशत भोजनबाट, २५ प्रतिशत पानीबाट र २५ प्रतिशत पाचक रसको साथमा भरिएको हुन्छ ।
दिनमा कति पानी पिउने ?
केही सिद्धान्तका अनुसार हामीलाई हरेक दिन कमसेकम आठ गिलास पानी पिउनुपर्छ भन्ने मानिन्छ । जसले गर्दा तपाईंको शरीर विषरहित, छाला पोषित हुने र हाइड्रेटेड गर्न समेत मद्धत गर्ने गर्छ । तर आयुर्वेदले यसलाई स्वीकार्दैन ।
अत्यधिक पानीको सेवाले तपाईंलाई भोको महसुस नगराउला तर अपच हुने सम्भावना भने धेरै हुन्छ । चरक संहिता, सुश्रुत संहिता जस्ता शास्त्रहरुले यसबारेमा उल्लेख गरेका छन् । उनीहरुले शरीरमा जतिबेला प्यास बढ्छ त्यतिबेला पानी पिउन सकिने र त्यो नै पर्याप्त हुने बताउँछन् ।
धेरै पानी पिउनुले कफ र बात रोगको समस्या बढ्न सक्ने सम्भावना पनि रहन्छ, जसले शरीरमा पाचन शक्तिलाई प्रभावित गराउने गर्छ । त्यसैले पानीमा तृप्त भएपछि जबरजस्ती पानी पिइरहनु हुँदैन ।
२० वैशाख २०८१, बिहीवार ०९:२१ बजे प्रकाशित