punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुवाले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु

Chaupati
safha napa

झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर शनिबार दिउँसो दुई वर्षीया छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्। घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्।

घाइते उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो।उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।


१५ माघ २०७८, शनिवार १६:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु