सेतीमा थप १०९ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०२नमुना परीक्षण गर्दा थप १०९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । भने ५ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।हाल अस्पतालमा २१ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
१५ माघ २०७८, शनिवार १४:२१ बजे प्रकाशित






























