punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुस्तक तथा स्टेशनरी महासंघका अध्यक्ष चौधरीलाई स्वागत तथा सम्मान

Chaupati
safha napa

कैलाली उद्योग वाणिज्य संघ कैलालीले नेपाल पुस्तक तथा स्टेशनरी महासंघका केन्द्रीय अध्यक्ष सञ्जय चौधरीलाई स्वागत तथा सम्मान गरेको छ । उद्योग वाणिज्य संघले शनिबार एक कार्यक्रमको आयोजना गर्दै पुस्तक तथा स्टेशनरी महासंघका अध्यक्ष चौधरीलाई स्वागत तथा समान गरेको हो ।

कार्यक्रममा स्वागत तथा समान ग्रहणपछि बोल्दै अध्यक्ष चौधरीले आफू यहाँसम्म पुग्नुमा कैलाली उद्योग वाणिज्य संघको ठूलो हात रहेको बताए । उनले सुदूरपश्चिममा थुप्रै व्यवसायहरु रहेको र ती व्यवसायहरुले पनि केन्द्रमा नेतृत्व गर्न आवश्यक रहेको बताए । उद्योग वाणिज्य संघसँग समन्वय सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले चौधरीले सुदूरपश्चिमबाट इतिहास रच्न सफल हुनु भएको भन्दै खुशी व्यक्त गरे । उनले यस प्रदेशबाट पनि सम्भावना छ भनेर चिनाउन सफल हुनु भएको भन्दै अध्यक्ष चौधरीलाई कार्यकालको शुभकामना पनि दिए । उनले आफू पनि पुस्तक तथा स्टेशनरी महासंघसँग समन्वय सहकार्य गर्न इच्छुक रहेको बताए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत मन्तव्य राखेका थिए ।


१५ माघ २०७८, शनिवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु