punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्ता गठबन्धनको बैठक फेरि अपराह्न ४ बजे बस्ने

Chaupati
safha napa

स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो।

उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको बैठक आजै अपराह्न ४ बजे बस्ने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

आज बिहान सवा ९ बजेदेदेखि गठबन्धनको बैठक बसेको थियो। बैठकमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, कार्य सम्पादन समिति सदस्य कृष्णप्रसाद सिटौलासहित गठबन्धन चार दलका ४ शीर्ष नेता थिए।

गठबन्धनको बैठक सकिएपछि फेरि शीर्ष नेता छलफलमा बसेका थिए। अब गठबन्धनको बैठक पुनः अपराह्न ४ बजे बस्ने भएको हो।


१५ माघ २०७८, शनिवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु