नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिए
काठमाडौँ,बैशाख २१ । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो ।
उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।
२१ वैशाख २०७७, आइतवार १०:४४ बजे प्रकाशित













