punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार आरोपमा श्रीमान् र जेठाजु पक्राउ

Chaupati
safha napa

कैलाली बैशाख २० । एक १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले उनका श्रीमान् र जेठाजुलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाकी उनलाई दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको आरोपमा उजुरी परेको छ। ती किशोरीको गत वर्ष मागी विवाह भएको थियो। गत १६ वैशाखमा परेको सामान्य उजुरीका आधारमा किशोरीलाई संरक्षण गृहमा राखेर दाजुभाइलाई कोरोना भाइरस संक्रमणको जोखिमका कारण परिवारको जिम्मा लगाइएको थियो।

किशोरी र उनका माइती पक्षले पुनः जबर्जस्ती करणी उद्योगमा उजुरी दिएपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले बताए।


२० वैशाख २०७७, शनिवार ०३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु