punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जेसिज स्थापना दिवसमा आयोजित रक्तदानमा २६ जनाद्धारा रक्तदान

Chaupati
safha napa

धनगढी, बैशाख २०। धनगढी जेसिजले आफ्नो ३८ औं स्थापना दिवस रक्तदान गरेर मनाएको छ । जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जना व्यक्तिहरुले रगत दान गरेको कार्यक्रमका संयोजक मनिष कुवरले जानकारी दिए ।

प्रदेशका विभिन्न अस्पतालहरुमा रगतको कमी हुन थाले पछि जेसीजको ३८ औँ स्थापना दिवसका अवसरमा रगतको कमी हुन नदिन रक्तदान कार्यक्रम गरेको जेसीज धनगढीका अध्यक्ष श्याम पाठकले बताए ।

कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा मानिसहरुको चहलपहल कम हुने र नियमित भैरहेको स्वेच्छिक रक्तदान समेत नभई रहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको धनगढी जेसिजले जनाएको छ । १९८२ मा सिनेटर रघुनाथ पाठक लगायतका अग्रजहरुको सामुहिक प्रयास बाट स्थापना भएको धनगढी जेसीजले आजदेखि ३८ बर्षिय यात्राको प्रारम्भ गरेको छ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशमै सबैभन्दा बढी ८० पटक रक्तदान गरेका दीपक नेपालले अन्य समयको भन्दा अहिले रगतका लागि बिरामीले धेरै सास्ती भोग्नु परेको बताए ।

उनले लकडाउनका कारण कोहि पनी मानिस घर बाहिर निस्कन नपाउदा रगतका लागि बिरामीका आफन्तलाई धेरै नै समस्या हुने गरेको बताए । 


२० वैशाख २०७७, शनिवार ०६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु