वर्षमान पुन सोमबार काठमाडौं आइपुग्ने
स्वास्थ्य उपचारका लागि बिदेश गएका माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्कने भएका छन्। उनी गत असोजमा उपचारका लागि थाइल्यान्ड प्रस्थान गरेका थिए भने त्यतैबाट चीन पुगेका थिए । उनी आगामी सोमबार बेलुका ८ बजे उनी नेपाल फर्किने स्वकीय सचिव सन्तोष पुनले जनाए ।
स्वकीय सचिव पुनका अनुसार नेता वर्षमानलाई चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गरेको थियो । नेता पुन पार्टीको आठौं महाधिवेशनमा पनि आउन सकेका थिएनन् ।
उनकै आग्रहमा माओवादीको पदाधिकारी चयनको प्रक्रियामा पनि स्थगित भएको थियो ।माओवादीले पुन आएपछि मात्र प्रक्रिया अघि बढाउने तयारी थालेपनि कोभिडको कारण अनिश्चित बनेको छ ।
८ माघ २०७८, शनिवार १६:१३ बजे प्रकाशित












