punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

Chaupati
safha napa

कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको म्याद थप भएको थियो । म्याद थप हुने वित्तिकै स्वतः निलम्बन हुन्छ ।’

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।


८ माघ २०७८, शनिवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु