punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगामी दशैंको टीका १९ असोज र भाइटीका १० कात्तिकमा, विवाहका ५६ लगन

Chaupati
safha napa

पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रोअनुसार आगामी वर्ष २०७९ मा १९ असोजमा विजयादशमी परेको छ। यस्तै १० कात्तिकमा भाइटीका परेको समितिले जनाएको छ।

समितिकाअनुसार यो वर्ष ३१ ओटा मात्र बिहेका लगन परेकोमा आगामी वर्ष विवाहका ५६ ओटा लगन परेका छन्। विसं २०७९ का लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई आज स्वीकृति गरेको हो।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन्।


४ माघ २०७८, मंगलवार १६:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु