punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाम क्रिकेट संघकाे अध्यक्षमा कुँवर

Chaupati
safha napa

अछाममा क्रिकेट संघ (क्यान)काे नयाँ कार्यसमिति चयन गरिएको छ । जिल्लाको साँफेबगरमा भएको चौथो साधारण सभाले अनिल कुवँरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्रिकेट एसोशिएन नेपाल क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीको उपस्थितिमा चौथो साधारण सभाले कुँवरको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा धिरेन्द्र सावद, सचिवमा चाँदनी शाह र कोषाध्यक्षमा चक्र सुनार चयन भएका छन् । यस्तै संघको सदस्यहरुमा प्रेम कुवँर, लक्ष्मण नाथ योगी, कृष्ण कुवँर, यज्ञराज ढुंगाना, तपेन्द्र ओली, बिनोद खत्री, शिबराज स्वाँर, लोकेन्द्र खत्री र गणेश तिरुवा चयन भएका छन् ।

अछाम टिमका पूर्व कप्तान तथा सुदूरपश्चिम टिमबाट राष्टि«य खेलाडी रहेका कुवँरको अध्यक्षतामा गरिएको नयाँ कार्यसमितिको गठनले अछाममा क्रिकेटको विकासले गति लिने अपेक्षा गरिएको छ ।

निबर्तमान अध्यक्ष प्रेम कुँवरको अध्यक्षतामा भएको साधारण सभामा नेपाली कांग्रेसका महासमिति सदस्य युवा नेता राजन कुवँरलगायतको सहभागिता रहेको थियो ।


४ माघ २०७८, मंगलवार १६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु