punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कहिले लाग्छ प्रदेश १ को नाम र राजधानीको टुंगो ?

Chaupati
safha napa

देशका सातवटा प्रदेशमध्ये प्रदेश नम्बर १ को मात्रै नाम र राजधानीको टुंगो लाग्न बाँकी छ । अन्य ६ वटा प्रदेशले भने नाम र राजधानीको टुंगो लगाइसकेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भने आगामी माघ २० गतेभित्र प्रदेशको नाम र राजधानीको टुंगो लाग्ने दाबी गरेका छन् । उनले माघ २० गते भित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाइने बताए ।

मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले उनले आगामी माघ २० गते बस्ने प्रदेशको नवौँ हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगोमा पुर्याउने बताएका हुन् ।

सोमबार प्रदेश २ को नाम र राजधानी टुंगोमा पुगेसँगै ७ प्रदेशमध्ये प्रदेश १ को नाम र राजधानी तोकिन बाँकी रहेको हो ।
प्रदेश २ ले मधेश प्रदेशसहित राजधानी जनकपुरधाम टुंगो लगाएको छ ।


४ माघ २०७८, मंगलवार १६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु