punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक वडा अध्यक्षको मोटरसाइकल तोडफोड

Chaupati
safha napa

कैलालीका एक वडा अध्यक्षको मोटरसाइकल तोडफोड गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत चौधरीले प्रयोग गर्दै आइरहेको से १ ब ६७७ नम्बर को सेतो प्लेटको मोटरसाइकल एक स्थानीयले तोडफोड गरेका हुन् ।

पार्किङमा राखेको मोटरसाइकलमा एक्कासी सोही ठाउँका रमेश चौधरीले बन्चरो प्रहार गरी मोटरसाइकल तोडफोड गरेको वडा अध्यक्ष चौधरीले बताए ।

‘म एक माघी कार्यक्रमको शुभकामना आदान प्रदानमा सहभागी भएको थिए। मोटरसाइकल बाटोमा पार्किङ थियो । एक्कासी ती युवकले बन्चरोले मोटरसाइकल तोडफोड गरे’ वडा अध्यक्ष चौधरीले भने ।

वडा अध्यक्ष चौधरीले मदिरा सेवन गरेको आरोप लगाए पनि त्यो कुनै सत्यता नरहेको उनले बताए । रमेशले केही दिन अघि पनि सोही ठाउँको एक विद्यालयमा समेत आगो लगाएको वडाध्यक्षले बताए।

रमेशको मानसिक अवस्था कमजोर रहेको बुझिएको छ । वडा अध्यक्ष चौधरीको मोटरसाइकल तोडफोड गर्ने ती युवकलाई भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


३ माघ २०७८, सोमवार १४:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु