गजल
छोरा स्कुल बाट झोला बोकेर आउँछ
आमा काम गरी गिट्टी फोडेर आउँछ
घर को काम मा सघाउनु पर्ने बेला
बाउ भट्टी बाट रक्सी धोकेर आउँछ
आमाले काम गरी तिलहरि किनिन्
बाउ तास खेल्न सुन तोडेर जान्छ
पेट पाल्न आमा खेत पसिना बगाउँछन्
बाउ जाड खाई हातखुट्टा तोडेर आउँछ
बा लाई दिन भरि जुवा खेल्न ठिक्क
नाबालक छोरा खेत जोतेर आउँछ
बा भने दिन भरि गाडी चुरोट फुक्दै हिन्छ
छोरा सधैँ स्कुल बाट पैदल हिँडेर आउँछ
दीपक संगम विश्वकर्मा
टीकापुर,कैलाली नेपाल
२४ पुस २०७८, शनिवार ११:४९ बजे प्रकाशित












