कैलालीमा सडक किनारमा एक वृद्ध मृत फेला
कैलालीको बर्दगोरियामा एकजना वृद्ध मृत फेला परेका छन् । बर्दगोरीया गाउँपालिका–३ स्थित बुटकौवा सडक खण्डको किनारमा सोही ठाउँका ७१ वर्षीय लालसिंह कामी मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीले शव परीक्षणका लागि टीकापुर अस्पताल पठाएको छ । उनको शव स्थानीयले फेला पारेपछि ईलाका प्रहरी कार्यालय बौनियालाई जानकारी गराएका थिए।
२४ पुस २०७८, शनिवार १०:२७ बजे प्रकाशित












