गजल
उन्लाई बोल्न म सित कर लाग्छ
मैले बोलेको वचन जहर लाग्छ
मेरो आमाबाले गाउँमै हुर्काए
उन लाई बस्न त शहर लाग्छ
पापी नि को आँसु झर्छ थाहा छैन
अब म मर्दा फुल को हार लाग्छ
जब म यो धर्ती छोडेर जाउला
दिन श्रद्धाञ्जली अखबार लाग्छ
म गरिब तिम्रो इच्छा कसरी पूरा गरूँ
तिमीलाई चर्पी जान पनि कार लाग्छ
हामी त गाउँले पारामा हुर्केको मान्छे
उन लाई गरिब सँग खेल्न रहर लाग्छ
तिमीलाई सबै थोक पुगाउने आमाबा छन्
मलाई एक छाक टार्न भगवान् भर लाग्छ
तिमी त गुन्डा लगाई कुटाउन सक्छौ
आफू कसै सँग पनि बोल्न डर लाग्छ
दिपक संगम विश्वकर्मा
टीकापुर,कैलाली नेपाल
७ पुस २०७८, बुधवार १४:५३ बजे प्रकाशित































