punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुर प्रहरीले अवैध सामान बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ हरियाली सामुदायिक वनबाट अन्दाजी ७५ हजार मूल्यको अवैध सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतबाट भन्सार चोरी पैठारी गरी ल्याइएको ७५ थान लेडिज सुटसहितको अवैध सामान बेवारिसे अवस्थमा फेला पारेको हो।

सो सामान कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

 


२६ मंसिर २०७८, आइतवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु