punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु , ११ घरमा क्षति

Chaupati
safha napa

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्का चानदेवका ४५ बर्षीय खगिराज रानाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

शनिबार राति जंगली हात्तीको आक्रमणबाट घाइते भएका रानालाई धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा पुरयाइएको थियो । रानाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र शाहले जानकारी दिए ।

यसैगरी जंगली हात्तीको बथानले गरेको क्षति बारे एकिन विवरण आइनसके पनि करिब ११ वटा घरमा जंगली हात्तीले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

कञ्चनपुरमा मध्यवर्ती क्षेत्रका बासिन्दा सँधै हात्तीको त्रासमा बस्न बाध्य रहेका छन । यसअघि हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमा मात्रै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाको मृत्यु भइसकेको छ ।

 


२६ मंसिर २०७८, आइतवार ०९:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु