punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा अगामी पुष ४ देखि मोडर्ना खोप विद्यालयमै लगाइने

Chaupati
safha napa

दार्चुलामा १२ वर्ष माथिका २१ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट देखिए सँगै जिल्लाका १२ देखि १७ वर्षसम्मका करिब २१ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो । देशका ५७ जिल्लामध्ये दार्चुलाका २१ हजार बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जय राज भट्टले बताए।

१२ देखि १७ वर्ष सम्मका बालबालिकालाई खोप दिइने भएसँगै हामीले शिक्षा तथा समन्वय इकाइसँग समन्वय गरेर विवरण संकलन गरेका छौँ,’ उनले भने । जिल्लाका सबै विद्यालयका कक्षा ६ देखि १२ सम्म सो उमेर समूहका बालबालिकालाई मोडर्ना खोप दिन लागिएको भट्टले जानकारी दिए । विद्यालयमै पुगेर अगामी पुष ४ देखि खोप दिन्छौँ बालबालिकालाई खोप लगाउनका लागि जिल्लामा आवश्यक तयारी सुरु गरिएको उनले बताए।

बालबालिकामा लगाइने मोडर्ना खोप २८ दिनको फरकमा दुई डोज लगाउनुपर्ने बताइएको छ। यो खोप माइनस १५ देखि २५ डिंग्रीमा राख्नुपर्ने भए पनि दार्चुलामा यो खोप राख्नका लागि समस्या हुने देखिएको छ । एक महिनाको मात्र समय हुने भएकाले आवश्यकता अनुसार खोप ल्याउछौँ,’ उनले भने।

हाल सम्म जिल्लामा पहिलो डोज खोप लगाउनेको संख्या ७१ हजार १५ जना रहेको छ भने पुर्ण खोप लगाउनेको संख्या ६३ हजार ७ सय ५० जना रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यस्तै कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या २१ हजार ८ सय ५५जना कोभिसिल्डको पुर्ण डोज लगाउनेको संख्या १९ हजार ४० जना रहेको पाइएको छ ।

भेरोसेल पहिलो डोज ४४ हजार १ सय ७० जना भेरोसेल खोप दोस्रो डोज लगाउनेको संख्या ४० हजार ७ सय २६ जना रहेका छन । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा जोन्सन एण्ड जोन्सन खोप लगाउनेको संख्या ४ हजार ९ सय ८४ जना रहेको जनाएको छ । हाल सम्म जिल्लामा कुल जनसंख्याको ७६ प्रतिशतले पहिलो डोज खोप लगाएका छन भने पुर्ण खोप लगाउनेको संख्या ६७ प्रतिशत मात्रै रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।


२६ मंसिर २०७८, आइतवार ०९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु