punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पौडेललाई भेट्न राति निवासमै पुगे देउवा

Chaupati
safha napa

कांग्रेस सभापति एवम् प्रधान मन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता गराएका देउवा शनिबार राति पौडेल निवास बोहराटार पुगेका हुन् ।भेटका क्रममा देउवाले राष्ट्रका लागि तपाईको आवश्यकता रहेकाले राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेका थिए । साथै देउवाले आफ्नो स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गरे ।

जवाफमा पौडेलले महाधिवेशनमा सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखिएपछि प्रक्रियाबाट बाहिरिएको बताए । ‘महाधिवेशनमा मेरो सिद्धान्त आदर्श विपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ,’ उनले भने, ‘प्रतिस्पर्धा रहनुभएका साथीहरूले कांग्रेसलाई कांग्रेस जस्तो बनाउनुस् ।’

जारी महाधिवेशनमा पौडेल सभापतिको उम्मेदवार छैनन् । प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दौडबाट पछि नहटेपछि पौडेलले उम्मेदवारी नदिएका हुन् । संस्थापन पक्षबाट भने यसपालि पनि देउवाले नै सभापति पदमा उम्मेदवारी दिएका छन् ।


२६ मंसिर २०७८, आइतवार ०८:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु