एमालेले तोक्यो जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति
नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तोकेको छ।शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो।
बैठक आइतबार पनि जारी रहनेछ।स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्ने एजेन्डामा भएको बताइए पनि आजको बैठकले भने उक्त विषय उल्लेख गरेन।
२६ मंसिर २०७८, आइतवार ०८:५१ बजे प्रकाशित































