कैलालीमा भरुवा बन्दुक र गोलीसहित ३ जना पक्राउ
कैलालीमा भरुवा बन्दुक र गोलीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको चालक घोडाघोडी नगरपालिका–३ का ३५ वर्षीय अजय चौधरीले चलाएको से.३ प ७७९२ मोटरसाईकल पछाडी एक थान दुई नाले भरुवा बन्दुक र ८ थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
उनका अनुसार सोही ठाउँका तुल्सीराम चौधरीले चलाएको से.२ प ९८७७ नम्बरको मोटरसाईकल पछाडी सवार ५५ वर्षीय दयाराम चौधरीले पनि लुकाएर एक थान चक्कु, बन्चरो र टर्चलाईट बरामद गरिएको हो । उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२४ मंसिर २०७८, शुक्रवार १८:०७ बजे प्रकाशित






























