punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रमेश खरेलले घोषणा गरे नयाँ पार्टी

Chaupati
safha napa

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक ९डिआइजी० रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्।शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआइजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्।

उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए। खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको दाबी गरे।

‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ। हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ। अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ। कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ।

हामी यसरी नयाँ पार्टीको हिसावले स्थापित हुन बाध्य भयौँ। देशमा समृद्धि भएको छैन।ु उनले भने, राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन ।’

उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।


२४ मंसिर २०७८, शुक्रवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु