punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दलित संघका पूर्व केन्द्रीय सदस्य नेपालीद्वारा पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Chaupati
safha napa

दलित संघका पूर्व केन्द्रीय सदस्य युवा नेता पदम नेपालीले आजदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली यसअघि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय सदस्य तथा सेती अञ्चल संयोजक भइसकेका छन् ।“स्वास्थ्य, शिक्षा र स्वरोजगारः मेरो राजनैतिक मूल आधार’’ भन्ने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका नेपालीले १४ औं महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापतिलगायत मतदाताहरुलाई आफूलाई मतदानका लागि अपिल गरेका छन् ।

Open photo

उनले प्रतिनिधिको एक मतले समाज परिवर्तन र कांग्रेस रूपान्तरणमा महत्वपूर्ण योगदान हुने भन्दै सही र दीगो राजनीति गर्ने युवालाई मतदानका लागि आग्रह गरेका छन् ।बाजुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित नेपालीले आफ्नो समाजसेवाको मुख्य आधार राजनीति नै भए पनि विगत लामो समयदेखि कैलालीको धनगढीमा रहेर शिक्षा, कृषि फर्म र स्वरोजगारमूलक क्षेत्रमा लगानी गरेर उद्यमशीलतालाई पनि प्रवद्र्धन गरिरहेको बताएका छन् ।

‘राजनीति व्यापारका रुपमा लाञ्छित भइरहेका बेला मैले उद्यमशीलतामार्फत अर्थोपार्जन र राजनीतिमार्फत सेवा भन्ने मान्यतासहित काम गरिरहेको छु’ नेपालीले भने, ‘मैले जितेमा नेपाली कांग्रेस र राजनीतिमा मेरोजस्तै मान्यता राख्ने आम युवाहरुलाई हौसला मिल्ने छ र यसले नेपाली राजनीतिलाई सम्मानित बनाउन योगदान हुनेछ ।’नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह निकट रहेका छन् ।

 


२४ मंसिर २०७८, शुक्रवार १४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु