punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ए डिभिजन लिगः आजदेखि चैथो चरणका खेल हुँदै

Chaupati
safha napa

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि चौथो चरणका खेल हुँदैछन्। शुक्रबार चौथो चरणका दुई खेल हुन लागेका हुन्।चौथो चरणको पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङले तीन खेलबाट ७ अंक जोडेको छ भने फ्रेन्ड्सले समान खेलबाट २ अंक हात पारेको छ।

त्यस्तै दोस्रो खेलमा च्यासल र त्रिभुवन आर्मी क्लबबीच पौने ५ बजे प्रतिस्पर्धा हुनेछ। च्यासलले पनि अहिलेसम्म एक जित एक बराबरी र एक हारको सामना गर्दै ४ अंक हात पारेको छ भने त्रिभुवन आर्मी क्लबले एक जित र दुई बराबरीसहित ५ अंक हात पारेको छ। चौथो चरणका सबै खेल दशरथ रंगशालामा हुनेछन्।

 


२४ मंसिर २०७८, शुक्रवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु