punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सहसचिवबाट अवकाश पाएका खनाल गृहमन्त्रीको विज्ञ नियुक्त

Chaupati
safha napa
गृहमन्त्रालयबाट अनिवार्य अवकाश पाएका सह सचिवलाई गृहमन्त्री बालकृष्ण खाणले आफ्नो विज्ञमा नियुक्त गरेका छन् । गृहको प्रशासन महाशाखाबाट गत महिना अनिवार्य अवकाश पाएका सुनिल खनाल गृहमन्त्रीको प्रशासन तथा शान्ति सुरक्षा विज्ञमा नियुक्त भएका हुन् ।

नेपाली काँग्रेस निकट मानिने खनाललाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विज्ञमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयका एकजना उच्च अधिकृतले  बताए । खनाललाई आफ्नो विज्ञमा नियुक्त गर्न गृहमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । यसअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र जनार्दन शर्माले पनि सुरक्षा विज्ञ नियुक्त गरेका थिए ।


२३ मंसिर २०७८, बिहीवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु